पञ्चमहायज्ञ

ना.

  1. स्वाध्याय (ब्रह्मयज्ञ), होम (देवयज्ञ), वलिवैश्वदेव (भूतयज्ञ), पिण्डक्रिया (पितृयज्ञ) र अतिथिपूजा (नृयज्ञ) गरी जम्मा पाँच किसिमका यज्ञ; गृहस्थीका घरमा नित्य रूपले गरिने उपर्युक्त पाँच महायज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)