पञ्चाग्नि
ना. [सं.]
- अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति), गार्हपत्य (दैवीवाक्का निम्ति), आहवनीय (हवनका निम्ति), आवसथ्य (गृहकार्यका निम्ति) र पचन (मरणोपरान्त आत्मदाहका निम्ति) गरी पाँच प्रकारका अग्नि।
- तपस्या गर्दा प्रयोग गरिने आफ्ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)