पञ्चायत
ना. [सं.]
- नेपालको सं. २०१९ को पञ्चायतकालीन संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रको सञ्चालनका निमित्त चुनिएका वा निर्वाचित भएका पञ्चहरूको सङ्गठन; त्यसको पद्धति वा व्यवस्था; पञ्चहरूको सभा।
- कुनै विवाद वा मुद्दामामिलामा समुचित निर्णय दिनका निम्ति जम्मा भएका वा चुनिएका व्यक्तिहरूको व्यवस्था एवं कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)