पट्टा

ना. [सं. पट्ट]

  1. सरकारले ठेकेदारलाई ठेक्कापट्टाबमोजिम काम गर्न दिने अधिकारपत्र; ठेक्काको बहालीपुर्जी।
  2. साहुमहाजनको एक प्रकारको व्यापार।
  3. तरबार राख्ने खोल; म्यान।
  4. तरबार चलाएर दुई प्रतिद्वन्द्वीका बिच हुने खेल वा युद्धको अभ्यास गरिने एक प्रकारको लट्ठी।
  5. छालाको पेटी।
  6. छाला, धातु, कपडा आदिको फित्ताजस्तो वस्तु।
  7. विशेष पहिरनका अवस्थामा दायाँ र बायाँ कुमदेखि कम्मरसम्म पुग्ने गरी प्रालम्बिका लुर्काउन पहिरिने विशेष प्रकारको पट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)