पट्टा

ना. [सं. पट]

  1. मसिना विभिन्न आकारका धर्सा भएको, प्रायः सुत्ने बेलाको पहिरन र हनुमान् कट्टुका निम्ति प्रयोग गरिने कपडा।
  2. साधा रङको तल्लो किनारमा बाहिरपट्टि बुट्टादार देखिने टलक्क परेको सारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)