पट्ट

क्रि.वि. [अ.मू. पट्+ट.]

  1. भाँडा फुट्दा वा काठ आदि भाँचिँदा झैँ आवाज निस्केर।
  2. एकाएक मर्ने किसिमले; भुतुक्क।
  3. एकाएक कुनै काम हुने वा गर्ने चालमा; चट्ट; छट्ट।
  4. एकदम; बिलकुल; पटक्क; कुनै पनि हालतमा (उदा.-ऊ मैले भनेको पट्ट मान्दैन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)