पठाउनु

स.क्रि. /प्रे.क्रि. [सं. प्रस्थापन > प्रा. पट्ठावण]

  1. कुनै ठाउँमा जान प्रेरणा दिनु; कतै पुग्न आज्ञा दिनु।
  2. कसैलाई कुनै ठाउँमा कुनै वस्तु पुर्‍याउन लगाउनु।
  3. बिदा गर्नु; अन्माउनु।
  4. लुर्काउनु।
  5. प्रेषित गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)