पण्डित
ना. [सं.]
- शास्त्रको तात्पर्य राम्ररी बुझेको विद्वान् व्यक्ति; शास्त्रवेत्ता।
- सत् र असत् छुट्ट्याउने बुद्धि भएको व्यक्ति।
- संस्कृतको वा अन्य भाषाको विद्वान् व्यक्ति।
- ब्राह्मणलाई आदर गर्दा भनिने शब्द।
- राणाकालमा चलेको शिक्षकहरूको एक दर्जा।
- घृतकौशिक गोत्रका नेपाली बाहुनहरूको एक थर।
- विद्वान्; शास्त्रज्ञ।
- निपुण; कुशल।
- पुराण भन्ने; पौराणिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)