पत्रिका
ना. [सं.]
- निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन।
- विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका।
- चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र।
- चिना; टिपन।
- आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भित्र्याइने फूलपाती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)