पथार्नु
स.क्रि. [सं. प्रस्तरण]
- पत्थर वा चकलामा मुछेको पिठो राखेर बेल्नाले बेल्नु।
- गिलो गोबरको गुइँठा वा डल्ला पार्नु।
- नौनी घिउ हातमा उफार्दै मोही निथार्नु।
- धान, कोदो आदिका जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)