परा

उप. [सं.]

  1. शब्दका अगाडि रहेर अर्को, टाढा, अगिल्तिर, ठुलो आदि अर्थ प्रकट गर्ने उपसर्ग (जस्तै- पराक्रम, पराकाष्ठा, पराजय, परामर्श इ.)।
  2. चार प्रकारका वाणीमध्ये मूलाधारमा रहेको नादरूपी पहिलो वाणी।
  3. ब्रह्मविद्या।
  4. गङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)