परिकर

ना. [सं.]

  1. परिवार; जहान।
  2. समुदाय; समूह।
  3. अनुचरवर्ग; नोकरचाकरको समूह।
  4. कमरमा बाँध्ने लामो कपडा; पटुका।
  5. पलङ; खाट।
  6. अभिप्रायसहित विशेषणका साथ विशेष्य जोडिँदा हुने एक अर्थालङ्कार।
  7. विशिष्ट तक्माका साथमा निर्धारित रङको काँधदेखि कम्मरसम्म छड्के पारेर लगाइने फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)