परिक्रमा
ना.
- चारैतिर घुम्ने क्रिया।
- देवताको मूर्ति, मन्दिर, पुण्यक्षेत्र आदिलाई दाहिने पारी घुम्ने काम।
- फागुन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमाका दिन समाप्त हुने, देवस्थलहरूको प्रदक्षिणा गरिने एक उत्सव। (यो परिक्रमा जनकपुरबाट थालिई हनुमाननगर, कल्याणेश्वर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनपुर, धनुषा आदि हुँदै फेरि जनकपुरै पुगेपछि समाप्त हुन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)