परिपक्व
वि. [सं.]
- राम्ररी पाकेको; पूर्णतया पक्व।
- राम्ररी पचेको।
- राम्ररी विकसित भइसकेको।
- व्यवहारमा खारिएको वा माझिएको; प्रौढ।
- भुक्तभोगी; अनुभवी।
- कार्यकुशल; प्रवीण।
- निश्चित; निर्णीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)