परिप्रेक्ष्य
ना. [सं.]
- पारस्परिक अन्तरलाई साधारणतः आँखाले ठिकसँग देखिने गरी चित्रकलामा लेखिने दृश्य, पदार्थ एवं व्यक्तिहरूको अङ्कन।
- आँखाले भेटेसम्मको हेराइ।
- आँखाले हेर्दा देखिने कुनै पनि वस्तुको रूप।
- सामु वा समक्षको दृश्य, वातावरण वा परिस्थिति।
- सामुन्नेको दृश्य, वातावरण, परिस्थिति वा समस्यालाई हेर्ने खास दृष्टिकोण।
- सन्दर्भ; प्रसङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)