परिभाव्य धन
ना.
- ठुलठुला उपयोगी योजना आदि जिम्मा लिनेसँग जिम्मा दिनेले जमानतका रूपमा लिने अग्रिम धरौटी (सेक्युरिटी)।
- छात्रहरूले क्षति गरेमा नगदी रूपमा सोधभर्ना गर्ने उद्देश्यले छात्रसँग सत्रारम्भमा लिइएको अग्रिम धरौटी (अर्नेस्टमनी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)