परिवार

ना. [सं.]

  1. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह।
  2. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान।
  3. नातादार र कुटुम्ब आदिको समूह।
  4. सजातीय व्यक्तिहरूको समूह; वर्ग।
  5. कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)