परिवृत्ति

ना.

  1. घुम्ने काम; फेरो लगाउने काम।
  2. घेराइ; बेह्राइ; आवेष्टन।
  3. अदलबदल; परिवर्तन; बदलाइ।
  4. सट्टापट्टा; विनिमय।
  5. घटी र बढी वस्तुको साटफेर भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
  6. एक शब्दका ठाउँमा उही अर्थ व्यक्त गर्न अर्को शब्द प्रयोग गर्ने अर्थात् पर्यायवाची शब्द राख्ने काम। (जस्तो-'कमललोचन' - का स्थानमा पद्मनयन, 'चरणकमल' - का स्थानमा 'पादपद्म' इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)