परिशिष्ट
वि. [सं.]
- बाँकी रहेको; शेष; अवशिष्ट।
- पुस्तक, ग्रन्थ आदिका मूल भागमा छुट्न गई अन्ततिर राखिएको बाँकी कुरा स्पष्ट पार्ने अंश; पूरक अंश।
- बाँकी रहेको भाग; अवशिष्ट अंश।
- थपुवा अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)