परी
ना. [फा.]
- पखेटा हुने एक कल्पित स्त्रीजाति; अप्सरा।
- पुराना दन्त्यकथा, पुराण आदिमा वर्णित, आवश्यक पर्दा प्रकट हुने र नपर्दा अदृश्य हुने शक्ति भएकी सुन्दरी।
- अति राम्री युवती; परमसुन्दरी स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)