पर्चा
ना. [फा. पर्च]
- प्रचारका निमित्त कुनै कुरा लेखिएको वा छापिएको कागत; विज्ञापनको कुरो लेखिएको पुर्जा; सूचनापत्र।
- अड्डा-अदालतबाट दिइने तारेखको पुर्जा।
- विशेष अवस्थामा लेखिने मुद्दामामिलाको टिप्पणी।
- फैसला।
- अदालतमा वादीप्रतिवादी परेपछि प्रमाण बुझी फैसला गर्नुपर्ने भएमा प्रमाण बुझ्नलाई छोटकरीमा मुद्दासमेत लेखी दस्तखत गराई मिसिलसाथ राखिने कागज।
- परीक्षा आदिको प्रश्नपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)