पलाउनु
अ.क्रि. [√ पल्हाउनु]
- बोटबिरुवा आदिमा पात, आँकुरा आदि निस्कनु; पालुवा वा पल्लव उत्पन्न हुनु; पल्लवित हुनु; पाउला हाल्नु; टुसाउनु; मुजुरा निस्कनु।
- घाउ, खटिरा आदिले खाल्टो परेका ठाउँमा मासु भरिएर आउनु।
- काटेको वस्तु (नङ, केश, हाँगो आदि) फेरि विकसित भएर आउनु।
- विपन्न अवस्थाबाट सम्पन्न अवस्थातिर लाग्नु।
- मनमा दया उब्जनु।
- उत्पन्न हुनु; उदय हुनु; उन्नति हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)