पहुँच

ना. [प्रा. पहूच]

  1. कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम।
  2. निश्चित लक्ष्यसम्मको जवाइ।
  3. निश्चित ठाउँमा पुगेको सूचना।
  4. कुनै ठाउँ वा विषयसम्म पुग्ने शक्ति; गति; प्रवेश।
  5. कुनै कुरो राम्ररी बुझ्ने शक्ति।
  6. चिनजान; परिचय; पहिचान।
  7. कुनै कुरा गर्ने वा गरेर पुर्‍याउने सामर्थ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)