पहेँले
वि. [पहेँलो+ए]
- पहेँलो भएको; पहेँलो वर्णको।
- पित्त बिग्रेर सारा शरीर पहेँलो हुने रोग; कमलपित्त; गायो; पित्तव्याधि।
- अदुवाको जस्तो बोट हुने, सखरखण्डका ढबको पहेँला सेला फल्ने र औषधीका रूपमा काम लाग्ने एक कन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)