पाइतो
ना. [सं. पदयात्रा]
- आफ्नो घर छोडी अन्यत्र प्रस्थान गर्ने साइत।
- परदेश वा टाढा जानुपर्दा साइतमा आफू निस्कन नसकेका खण्डमा मुहूर्तदोष मेट्न जनै, सुपारी आदि पर सार्ने धार्मिक वा लौकिक विधि।
- त्यस प्रकारका माङ्गलिक वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)