पाउनु
स.क्रि. [सं. प्रापण]
- खोजेर वा नखोजीकन कुनै वस्तुलाई भेट्टाउनु; प्राप्त गर्नु।
- हराएको वस्तु फेला पर्नु; भेट्टाउनु।
- ज्ञानेन्द्रियमार्फत अनुभव ग्रहण गर्नु।
- सक्नु; समर्थ हुनु।
- जन्माउनु; पैदा गर्नु; जन्म दिनु।
- आतिथेयले वा भान्सेले दिएको भोजन खाने मान्छेले स्वीकार गर्नु।
- कसैले दिएको केही कुरो कसैले लिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)