पाक

ना. [सं.]

  1. पकाउने क्रिया वा प्रक्रिया।
  2. पकाएको; पक्वान्न।
  3. चास्नीमा मिलाएर बनाइएको औषधी; एक प्रकारको क्वाथ।
  4. खाएको वस्तु पच्ने पाचनक्रिया।
  5. श्राद्धमा पिण्ड बनाउन छुट्टै पकाइएको खिर वा भात।
  6. चास्नी; पाग।
  7. पक्वता; परिपक्वता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)