पाक्नु
अ.क्रि. [पाक+नु]
- पाक पुग्नु; परिपक्व हुनु।
- फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु।
- घाउखटिरा आदिमा पिप भरिनु।
- ज्याला, तलब आदिको आर्जन पूरा हुनु।
- चित्त दुख्नु; पिरिनु वा पिर हुनु।
- मानिसका रौँ सेता हुनु।
- उमेर वा बुद्धि छिप्पिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)