पाखो
ना. [सं. पक्ष]
- भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन।
- पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा।
- पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो; पखेरो।
- सहरदेखि बाहिरको पायक नपरेको भाग।
- छानाको एकातिरको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)