पाङ्ग्रो

ना.

  1. रथ, बग्गी, मोटर आदि सवारीको गुड्ने चक्को; पहिया।
  2. ससाना पात, पहेँला लामा फूल र लामा-लामा कोसा वा टाटा फल्ने एक जातको लहरो।
  3. आयुर्वेदमा शक्तिवर्धक, बान्ता रोक्ने र जुका, चुर्ना आदि नाश गर्ने गुण बताइएको त्यसैका कोसा वा टाटाभित्र हुने बाटुलो र साह्रो बियाँ; लेकपाङ्ग्रो; महाकरञ्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)