पाटीपौवा

ना. [पाटी+पौवा]

  1. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पानीको समेत व्यवस्था भएको पाटी; पाटी र धारा; पाटी र पौवा।
  2. खाट वा चौकीका चार थान पाटी र चार थान पौवा (खुट्टा); फलेक वा डन्डीबाहेक खाटका अन्य उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)