पातो

ना. [सं. पट्ट]

  1. कुनै पनि धातु पिटेर चेप्टो पारिएको पातलो पत्र; पाता।
  2. कोदालो, कादाली आदिको खन्नेतिरको पातलो र फराकिलो भाग।
  3. तमाखु टाँसेर चिलिमभित्र घोप्ट्याइने माटाको खबटो अथवा ढुङ्गा आदिको चेप्टो साधन।
  4. नाम्लाको चुल्ठ्याइएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग।
  5. सिमेन्टको बनाइएको चकला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)