पानीकर
ना.
- ट्याङ्कीमा जम्मा गरी पाइपबाट वितरण गरिएको पानीको उपयोग गरेबापत सम्बन्धित संस्थान वा सरकारलाई दिइने दस्तुर वा रकम।
- जग्गाजमिनमा नहर, पैनी आदिबाट पानी पटाएबापत सरकारलाई दिइने कर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)