पालिस

ना. [अङ्. पलिश]

  1. कुनै वस्तुलाई चम्किलो वा टल्कने बनाउने साधन; रोगन।
  2. सो साधनबाट हुने चमक; टलक।
  3. दाँत, नङ आदिको टल्कने बाहिरी भाग।
  4. शरीर वा अनुहारको रूप वा रोगन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)