पालो
ना. [सं. पाल+ओ]
- चोटि; खेप; पटक; बाजि।
- क्रम; सिलसिला।
- क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्व; पाली।
- मौका; अवसर। (उदा.- कहिले सासूको पालो कहिले बुहारीको पालो। -उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)