पिँडालु

ना. [सं. पिण्डालु]

  1. उत्तानु परेका ठुला, नरम पात हुने; जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक वनस्पति; कर्कला वा त्यसको जराको गानु; कलिलो पात गाभाको रूपमा र जरामा फल्ने गानु; उसिनेर वा तरकारी पकाएर खाइने वनस्पतिविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)