पिछा

ना. [सं. पश्च+आ]

  1. कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुर्‍याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पछेडा।
  2. सहायता, सहयोग आदि पाउनका निम्ति कसैको पछि लाग्ने काम; पछ्याउने काम।
  3. आश्रय वा शरणमा पर्ने काम; आशापिछा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)