पिण्ड

ना. [सं.]

  1. सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ।
  2. श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो।
  3. मन नपरीकन कसैलाई दिएको खानेकुरा।
  4. शरीर; देह।
  5. गाँस।
  6. अर्काले दिएको खानेकुरा (तुच्छार्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)