पिप्ली

ना. [सं. पिप्पली]

  1. पानका आकारका पाँचसात सेन्टिमिटर लामा पात; पानका जस्ता आकारका फूल, पिरो स्वाद, किम्बुका आकारका फल, खैरो बाहिरी भागमा धर्सा परेको जरा हुने, आयुर्वेदमा सो जरा पौष्टिक र कफनाशक मानिएको लहरोविशेष; पिप्लाको लहरो।
  2. खाक्सी जस्तै पात हुने र दारका जस्तै दाना हुने, बस्तुले घाँस खाने र ठेकी कुँद्न हुने रुखविशेष; खस्रेटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)