पीडा
ना. [सं.]
- शरीरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा सचेत व्यक्तिका मनमा हुने दुःखको अनुभूति; शारीरिक वा मानसिक दुःखको अनुभव; वेदना; व्यथा; तकलिफ; कष्ट।
- रोग; व्याधि।
- बाधा; अडकाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)