पुतला
ना. [सं. पुतल]
- घाँस, पराल, कुश आदिबाट बनेको मनुष्यको आकृति।
- पञ्चकमा मर्नेका साथमा वा विदेशमा मर्ने व्यक्तिका प्रतीकका रूपमा दाह गरिने कुश आदिबाट बनेको मनुष्याकृति।
- विरोधका निम्ति कपडा आदिबाट तयार गरिएको कसैको व्यङ्ग्य-चित्र; कार्टुन।
- आत्मा।
- जीवतत्त्व; प्राणतत्त्व; पुत्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)