पुतली

ना. [सं. पुत्तली]

  1. अनेक किसिमका र रङका हुने, शरीरको मूल भाग भन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति।
  2. धानमा लाग्ने सेतो जातको किरो।
  3. काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना।
  4. आँखाका बिचमा हुने कालो भाग; नानी।
  5. डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो।
  6. पुतली फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)