पुनरुक्तवदाभास
ना.
- वास्तवमा नभनिएको वा नदोहोरिएका कुराको भनिएको वा दोहोरिएको जस्तो प्रतीति।
- साहित्यमा नभनिएको वा नदोहोरिएको कुरा भनिएको वा दोहोरिएको जस्तो प्रतीत भएको देखाउँदा पर्ने अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)