पुनर्गठन
ना.
- भइरहेको प्रशासनिक व्यवस्थामा छिटो-छरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले व्यवस्था गर्ने काम; कर्मचारीहरूको नयाँ बन्दोबस्त; पजनी।
- भइरहेको मन्त्रिमण्डल आदिलाई विघटित गरी आवश्यक परिवर्तनका साथ फेरि गठन गर्ने काम।
- एक पटक विघटित भइसकेको सङ्घ, संस्था, परिषद् आदिको फेरि गठन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)