पुनर्विलोकन
ना. [सं.]
- तल्लो तहको अदालतले तोकेको दण्ड, जरिवाना वा दिएको कुनै आदेशका सम्बन्धमा माथिल्लो तहको अदालतले फेरि विचार गर्ने काम।
- एक तहले छिनेर तोक लगाइसकेको मामिला अर्को तहले फेरि दोहोर्याउने वा उल्टाउने काम।
- बितिसकेको घटनाका सम्बन्धमा फेरि विचार गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)