पुराण

ना. [सं.]

  1. सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका माहात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्ये कुनै एक।
  2. हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य, देवता, दानव आदिका कथा।
  3. सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णन।
  4. लिच्छविकालीन नेपालमा प्रचलित चाँदीको टक; कार्षापण।
  5. धेरै समयदेखि चलिआएको; पुरानो; प्राचीन।
  6. थोत्रो; जीर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)