पुरातत्त्व
ना. [सं.]
- प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या; पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध राख्ने विद्या।
- प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले तोकेअनुसार सय वर्षभन्दा पहिलेका वस्तुको अध्ययन गर्ने विद्या वा शास्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)