पुरुष

ना. [सं.]

  1. लोग्नेमान्छे।
  2. लोग्ने।
  3. मानवजाति।
  4. भाले जातिको प्राणी।
  5. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा।
  6. विष्णु।
  7. जीव।
  8. व्याकरणशास्त्रको परिभाषाअनुसार सर्वनामको वा क्रियाको कर्ता भेद।
  9. भाले; वीर; आँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)