पुस्तक

ना. [सं.]

  1. पढ्नेपढाउने, पाठ गर्नेगराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदिका कुरा लेखिएको वा छापिएको ग्रन्थ; ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेली।
  2. लिखित, मुद्रित, छायाङ्कित, भूर्ज, ताड, धातु वा कागत आदिका पत्रलाई सुरक्षा र क्रमबद्धताका निम्ति काठ, छाला, धातु आदिका पत्रको आवरण दिई पठनपाठनका लागि सिइएको वा क्रम मिलाएर राखिएको ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)