पूजा
ना. [सं.]
- देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य।
- देवदेवी आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाएर गरिने धार्मिक कार्य; अर्चा; अर्चना।
- आदरसत्कार; मानसम्मान।
- कसैलाई प्रसन्न वा अनुकूल पार्नका निम्ति केही वस्तु दिने काम।
- (व्यङ्ग्यार्थमा) पिट्ने काम; पिटाइ (उदा.- प्रहरीले उसको राम्ररी पूजा गर्यो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)